+
+

१२ उत्तीर्ण हुँदा अब्बल विद्यार्थी बनाउने केएमसी

नेपालको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको निजी शैक्षिक संस्था केएमसीमा विद्यार्थी आकर्षण बढ्दो छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १५:३०

१३ असार, काठमाडौं । ‘कक्षा १२ पास गर्दै गर्दा विद्यार्थीसँग प्रमाणपत्र मात्रै होइन, जीवनमा कुन लक्ष्य लिएको छ त्यसको प्रष्ट भिजन र फाउन्डेसन तयार गरिनुपर्छ अनि मात्रै विद्यार्थीलाई ज्ञान मिल्छ,’ बागबजारस्थित काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमसी) प्रिन्सिपल डा. नगेन्द्र बी अर्याल भन्छन् ।

अर्यालले भनेजस्तै केएमसीमा पढेका विद्यार्थीले चुमेका सफलताले पनि त्यो देखाउँछ । प्रतिष्ठित कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ), सरकारी अधिकृत, चार्टर्ड एकाउन्टेन्ट (सीए), डाक्टरदेखि विश्वविख्यात विश्वविद्यालयमा पूर्णछात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी केएमसीले उत्पादन गरेको छ ।

कक्षा ११ र १२ मा गरी ३ हजार ८ सय विद्यार्थी पढाइरहेको केएमसीले औपचारिक कक्षासँगै करियर काउन्सिलिङ गरेर भविष्यमा विद्यार्थी के बन्न खोजेको छ, त्यसतर्फको आधारशीला निर्माणमा समेत जोड दिने गरेको छ ।

केएमसीका प्रिन्सिपल डा. नगेन्द्र बी अर्याल ।

भविष्यको आधार प्लस टु

‘कक्षा ११ र १२ मा हामीले पढाउने औपचारिक कोर्स त सबै क्याम्पसले पढाउने नै भए तर यो कोर्स पुरा गर्दै गर्दा विद्यार्थी भविष्यमा के बन्न खोजेका छन्, त्यसको आधार पनि तय गर्छौं,’ अर्यालले भने ।

उनका अनुसार केएमसीका विद्यार्थीलाई अब शतप्रतिशत रिजल्ट आउनु सामान्य कुरा हो तर कक्षा १२ पास गरिसकेका विद्यार्थीले अवसरको ढोका कति खोल्न सक्छन्, त्यसले पढाइको गुणस्तर मापन हुने कुरा महत्त्वपूर्ण हो ।

प्रिन्सिपल अर्यालले भनेजस्तै विद्यालय निर्देशक मुक्तिराम अर्याल पनि विद्यार्थीको औपचारिक शिक्षाको समानान्तरमा उनीहरूको भविष्यको आधार तय गरिरहेको बताउँछन् ।

‘हामी विद्यार्थीलाई पहिलो दिनदेखि नै यहाँबाट निस्किँदा के हुन सक्छन्, त्यो सबै वाताववरण सिर्जना गर्छौं,’ उनी भन्छन् ।

 

बोर्ड परीक्षाभन्दा भविष्यको प्रश्नमा जोड

प्रिन्सिपल र निर्देशकका अनुसार विद्यार्थीलाई पहिला भर्ना हुने बित्तिकै करियर काउन्सिलिङको काम हुने गरेको छ ।

‘विद्यार्थीको रुचि कता हो, त्यही अनुसार वातावरण बनाइ विद्यार्थीलाई शिक्षा दिन्छौं । दुई वर्षपछि विद्यार्थीको बाटो कता हो भन्ने कुरा यहाँ भर्ना भएदेखि नै तय गर्छौं,’ निर्देशक अर्याल भन्छन् ।

क्याम्पसले बोर्ड परीक्षामा कस्तो प्रश्न सोध्ला भन्ने कुरा मात्रै नगर्ने प्रिन्सिपल डा. अर्यालको भनाइ छ ।

‘एमबीबीएस, इन्जिनियरिङ, सीए लगायत आधारभूत ज्ञान दिन पनि उत्तिकै जोड दिन्छ । विद्यार्थी जान खोजेको बाटो सुरुदेखि नै सहज बनाउने काममा विद्यालय सधैं चनाखो रहन्छ । कक्षाकोठामै लक्ष्य अनुसार उनीहरूको पूर्वतयारी र आधार तयार गर्छौं,’ डा. अर्याल भन्छन्, ‘कक्षा ११ देखि नै प्रि–मेडिकल, प्रि–इन्जिनियरिङ, प्रि– सीएदेखि कानुन संकायमा स्नातक गर्न आवश्यक प्रवेश परीक्षाका तयारी कक्षा सञ्चालन गरी विद्यार्थीलाई भविष्यप्रति सचेत बनाउने र प्रतिस्पर्धामा अब्बल सावित बनाउ ध्यान दिन्छौं ।’

यहाँबाट विद्यार्थी निस्किँदा कोर्सबाहेक उनीहरूले चाहेका विषयमा दक्ष हुने अर्यालको भनाइ छ । त्यसका लागि कोर्ससँगै विद्यार्थीको रुचिको विषयमा समानान्तर काम गर्ने उनले बताए ।

अर्यालले भने जस्तै त्यसकै फलस्वरूप गत वर्ष एमबीबीएस र इन्जिनियरिङमा खुलातर्फ सबैभन्दा धेरै नाम निकाल्न केएमसी नै सफल भएको थियोे ।

उनका अनुसार विद्यालयमा यस अतिरिक्त सूचना प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) र साइबर सेक्युरिटी सम्बन्धी कक्षा प्लस टुका विद्यार्थीका लागि भइरहेको छ । यस्तै व्यवस्थापन (म्यानेजेमन्ट) र कानुनतर्फ रिसर्च र प्रिजेन्टेसन रुटिन नै तय गरेर कक्षा ११ देखि पढाइ भइरहेको छ ।

विद्यार्थीको आकर्षण उस्तै

नेपालको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको निजी शैक्षिक संस्था केएमसीमा विद्यार्थी आकर्षण बढ्दो छ । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् तथा हालको राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने बोर्ड परीक्षामा शतप्रतिशतसम्म नतिजा प्राप्त गरेर मात्र होइन, पटक–पटक बोर्ड फस्र्ट भएर समेत केएमसीका विद्यार्थीले आफूलाई अब्बल दर्जाको विद्यार्थीका रूपमा चिनाएका छन् । जसले केएमसीप्रतिको आकर्षणलाई बढाउने काम गरेको छ ।

केएमसीले प्रभावकारी शिक्षण सिकाइ र सिकाइ अनुकूल शैक्षिक वातावरणका कारण शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको छ । आधुनिक तथा प्रविधिमैत्री शिक्षाका कारण अग्रस्थानमा रहन सफल केएमसीको दाबी छ । यहाँ बिहानी र दिउँसो गरी दुई ‘सिफ्ट’ मा पढाइ हुन्छ ।

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आईएसओ) चिह्न प्राप्त गरेको केएमसी कलेजका अभ्यासमा आधारित शिक्षा, सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप, विद्यार्थीमैत्री वातावरण, पर्याप्त शैक्षिक सामग्री, दक्ष तथा अनुभवी शिक्षक–शिक्षिका र व्यक्तिगत ख्याल (इन्डिभिजिउल केयरिङ) का कारण केएमसी विद्यार्थीको रोजाइ बन्दै गइरहेको प्रिन्सिपल अर्याल बताउँछन् ।

डिजिटल केएमसीदेखि होस्टल र ल्याबसम्म उत्कृष्ट व्यवस्थापन

प्रिन्सिपल अर्यालका अनुसार यो वर्षदेखि विद्यार्थीलाई ‘डिजटल केएमसी’ सुविधा उपलब्ध छ । यसअन्तगर्त विद्यार्थीलाई शिक्षकले स्टुडियोमा उच्च गुणस्तरयुक्त साउन्ड र पिक्चर क्वालिटीमा खिचिएका कोर्सका भिडियो उपलब्ध हुनेछन् । जसले कक्षाकोठामा विद्यार्थी प्रष्ट हुन नसकेका वा अनुपस्थित हुँदाका दिनमा पढाइ भएका विषयवस्तु बोधका लागि सहज वातावरण बनाउने विश्वास विद्यालयको छ ।

केएमसीले कक्षा ११ र १२ का विद्यार्थी केन्द्रित छात्रावास (होस्टल) सुविधा दिंदै आएको छ । कक्षा १० उत्तीर्ण गरेपछि कक्षा ११, १२ पढ्नकै लागि काठमाडौं आउने विद्यार्थीको आवश्यकता हेरेर घरेलु वातावरणमा होस्टल सञ्चालन गरिरहेको छ ।

छात्रछात्राका लागि छुट्टाछुट्टै ४ सय बेड क्षमताको आरामदायी होस्टलमा स्वस्थ तथा ताजा खानाको सुविधा छ । होस्टलमा आवश्यकता अनुसार अध्ययन सहयोग हुने, खेलकुद तथा मनोरञ्जन सुविधा उपलब्ध छ । साथै, घरमा अभिभावकले समय दिन नसक्ने, पढ्न सहयोगको आवश्यकता भएका विद्यार्थीका लागि केएमसीले डे बोर्डर्सको पनि सुविधा दिने गरेको छ ।

अत्याधुनिक ल्याबदेखि एसीसहित कक्षाकोठा

क्याम्पसमा विज्ञान तथा कम्प्युटर ल्याब सुविधा उपलब्ध छ । ल्याबमा आधुनिक सफ्टवेयर जडित कम्प्युटर तथा आधुनिक यन्त्रसहित विज्ञान ल्याब सुविधा छ । विद्यालयमा विद्यार्थीका लागि आधुनिक पुस्तकालयको व्यवस्था छ । शैक्षिक सामग्री, सम्बन्धित पाठ्यपुस्तक, मनोरञ्जनमूलक पाठ्यपुस्तक, ई–लाइब्रेरी लगायत सुविधा छ ।

विद्यालयमा विभिन्न कार्यक्रम गर्न २ सय सिट क्षमताको सेमिनार हल छ । जहाँ विद्यार्थीले पढाइसम्बद्ध कार्यक्रम, छलफल तथा अतिरिक्त क्रियाकलापका विभिन्न कार्यक्रम गर्न सक्छन् ।

साथै, विद्यालयमा विद्यार्थीका विभिन्न गतिविधि सञ्चालन गर्न डार्करुम तथा अडिटोरियम हल पनि छ । जहाँ विद्यार्थीले नाटक मञ्चन गर्नेदेखि विभिन्न ज्ञानबर्द्धक सामग्री हेर्ने गर्छन् ।

विद्यालयमा आधारभूत स्वास्थ्य सामग्री, आवश्यकता अनुसार प्राथमिक स्वास्थ्य जाँच सुविधा छ भने आवश्यकता अनुसार नर्स हेरचाह पनि दिइएको छ ।

केएमसीले आफ्ना विद्यार्थीका लागि यातायात सुविधा पनि दिने गरेको छ । विभिन्न १० रुटबाट काठमाडौं तथा भक्तपुरका विद्यार्थीलाई यातायात सुविधा उपलब्ध गराइएको छ ।

काठमाडौं मोडेल माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई सैद्धान्तिक मात्र नभई प्रायोगिक ज्ञानमा पनि उत्तिकै जोड दिँदै आएको छ । यहाँ विज्ञान विषय पढ्ने विद्यार्थीका लागि फिजिक्स, केमेस्ट्री, बायोलोजी र कम्प्युटर साइन्स तथा व्यवस्थापन विषय पढ्नेलाई होटल म्यानेजमेन्ट र कम्प्युटर विज्ञानका अत्याधुनिक प्रयोगशाला सञ्चालनमा छन् ।

केएमसीले आफ्ना शैक्षिक गतिविधि सञ्चालन गर्न अत्याधुनिक भवन तथा कक्षाकोठा प्रयोग गर्दै आएको छ । लिफ्टजडित भवनमा रहेका कक्षाकोठामा एसीसमेत जडान गरिएको छ । हरेक कक्षाकोठामा प्रोजेक्टर र साउन्ड सिस्टम रहेका कारण कलेजले स्मार्टबोर्ड समेत राखेको छ ।

अत्याधुनिक र सुविधा सम्पन्न फर्निचरमा बसेर विद्यार्थीले सिक्ने अवसर पाउँछन् । स्थापना कालदेखि आजसम्म विद्यालयले प्राप्त गरिरहेको सफलताले ‘केएमसी : उत्कृष्टताको निरन्तरता’ भन्ने नारालाई गतिलोसँग स्थापित गरेको प्रिन्सिपल डा. अर्याल बताउँछन् ।

फोटो : चन्द्र आले र केएमसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?