+
+

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी असार १६ देखि बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १५:४३

१३ असार,  चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हुने व्‍यावसायिक जंगल सफारी असार १६ गतेदेखि बन्‍द रहने भएको छ ।

बिहीबार निकुञ्जले सूचना जारी गर्दै असार १६ गतेदेखि निकुञ्जमा सञ्चालन हुने व्‍यावसायिक जंगल ड्राइभ (सफारी) बन्द रहने जानकारी दिएको हो ।

निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरूङ्गीहरुको प्रजनन्‌का लागि वर्षायाम उपर्युक्त समय भएको साथै यस अवधिमा निकुञ्जभित्रका वनपथहरू बिग्रिने, जंगलमा भएका साना खोला-खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुनेलगायतका कारणले पर्यटकहरूलाई असहज सृजना हुने भएकाले बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकालेको सूचनामा जनाएको छ ।

हेर्नुहोस् निकुञ्जले निकलेको सूचना : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?