+
+

प्रहरीकै योजनामा १० लाख लुटपाट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १५:४०

१३ असार, काठमाडौं । प्रहरीकै योजनामा १० लाख रुपैयाँ लुटपाट भएको घटनामा तीन जना पक्राउ परेका छन् ।

लुटपाटमा संलग्न भएको आरोपमा प्रहरी वृत्त कालिमाटीको टोलीले प्रहरीसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–७ घर भई विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरमा कार्यरत सहायक हवल्दार ढलबहादुर थापा, मकवानपुरको कैलाश गाउँपालिका–६ घर भएका ३२ वर्षीय कर्णबहादुर मोक्तान र मकवानपुरकै थाहा नगरपालिका–१२ घर भएका रामकुमार स्याङ्तान छन् । हवल्दार ढलबहादुरको योजनामा लुटपाट भएको खुलेको छ ।

यो समूहले १४ चैतमा कलंकीको सीता पेट्रोल पम्प पछाडि जग्गाको बैना गर्न भन्दै चन्द्रागिरि नगरपालिका–८ का ३२ वर्षीय लक्ष्मीप्रसाद पन्त खत्रीलाई बोलाएर ९ लाख ९५ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । घटनाको तीन महिनापछि प्रहरी वृत्त कालिमाटीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाविरुद्ध ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?