
१३ असार, काठमाडौं । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३५ हजार घुस लिएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
तेलीले जग्गा कित्ताकाट गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
अख्तियारले तेलीलाई ३५ हजार नै बिगो कायम गरी जरिवानासमेत गर्न माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4