+
+

सरकारी क्याम्पसमै व्यापार र भ्रष्टाचार भइरहेको छ : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १६:२०

१३ असार, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमै ब्यापार भइरहेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै आंगिक क्याम्पसहरुले विद्यार्थीबाट पैसा उठाउने गरेको र त्यसरी उठाएको पैसामा भ्रष्टाचार भएको बताए ।

‘सरकारी कलेजहरु, खासगरी आंगिक कलेजहरुमा निजी व्यापार भइरहेको छ । सरकारी कलेजहरुमा प्राइभेट कलेजहरु जसरी निजी अनुमति लिने र अकुत पैसा उठाएर व्यापार गर्ने त्यो खुलेआम भ्रष्टाचार भइरहेको छ’, उनले भने, ‘यसको अवस्था के हो हामी जान्न चाहन्छौं ।’

सरकारी पैसाबाट तलब खाने, सरकारी पैसाबाट बनेका पूर्वाधारमा पैसा उठाउने र अपारदर्शी ढंगले त्यसको दुरुपयोग गर्ने काम भइरहेको उनको भनाइ छ ।

‘सरकारी पैसाबाट तलब खाने, सरकारी पैसाबाट बनेका पूर्वाधारमा निजी अनुमति लिएर पैसा उठाउने र अपारदर्शी ढंगले त्यसको दुरुपयोग गर्ने काम भइरहेको छ । यो रोक्न जरुरी छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?