+
+

आमिर खानको फिल्मसँग भिड्दै वरुण धवनको ‘बेबी जोन’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १६:२९

काठमाडौं । वरुण धवनको प्रतीक्षित फिल्म ‘बेबी जोन’ गत ३१ मे रिलिज हुने तय थियो, तर यो फिल्म उक्त मितिमा प्रदर्शनमा आउन सकेन । अब निर्माताले फिल्मको नयाँ रिलिज मिति घोषणा गरेका छन्, २५ डिसेम्बर ।

क्रिसमसको समय बिदाको मुड हुने हुनाले फिल्मकर्मीहरुको रोजाइमा पर्छ । फिल्ममा वरुण धवनको विल्कुलै नयाँ अवतार देख्न पाइनेछ ।

महत्वपूर्ण कुरा यो छ, ‘बेबी जोन’ बलिउडका मिस्टर पर्फेक्सनिस्ट आमिर खानको फिल्म ‘सितारे जमीन पर’ सँग भिड्दैछ । कालीजको निर्देशन रहेको फिल्मका निर्मातामा एट्ली, उनकी श्रीमती प्रिया. मुराद खेतानी र ज्योति देशपाण्डे छन् । भिजुअल इफेक्ट र एक्सन दृश्यले भरिपूर्ण फिल्मका लागि समय चाहिने भएकाले फिल्मले नयाँ रिलिज मिति तय गरेको निर्मातालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वरुण धवनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्रिसमसमा यसपटक अरु खुसीयाली छाउने छ । २५ डिसेम्बरमा रिलिज हुने बेबी जोनका लागि तयार रहनुस् ।’ यससँगै उनले फिल्मको नयाँ पोस्टर पनि सेयर गरेका छन् । फिल्ममा वरुणका साथै साउथ अभिनेत्री कीर्ति सुरेश र वामिका गब्बीको मुख्य भूमिका छ । साथै ज्याकी श्राफ र राजपाल यादव पनि फिल्ममा देखिंदैछन् ।

क्रिसमसमै रिलिज हुने ‘सितारे जमीन पर’ आमिर खानको कमब्याक फिल्म हो । फिल्ममा जेनेलिया डिसुजाको पनि मुख्य भूमिका छ । आमिर हाल यो फिल्मको छायांकनमा व्यस्त छन् । ‘सितारे जमीन पर’ डाउन सिन्ड्रोमको कथामा आधारित छ । फिल्मलाई आरएस प्रसन्नले निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?