+

शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

२०८१ असार  १३ गते १७:२० २०८१ असार १३ गते १७:२०
शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

हाम्रो शरीरको दुई तिहाइ तौल पानीले भरिएको हुन्छ । पानीले नै शरीरमा पोषक तत्त्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्छ । शरीरको तापक्रम स्थिर राख्छ ।

जोर्नीहरूलाई लचकदार बनाउन आवश्यक चिप्लो पदार्थको उत्पादन, चोट लाग्दा त्यसलाई सोस्ने काम पनि पानीले नै गर्छ । शरीरभित्र हुने विभिन्न रासायनिक प्रतिक्रियामा भूमिका खेल्छ ।

हामीले श्वासप्रश्वास, पसिना र पिसाबबाट निरन्तर रूपमा शरीरबाट पानी खर्चिरहेका हुन्छौं । त्यसैअनुसार पानीको सन्तुलन मिलाइरहनुपर्छ, ताकि शरीरमा पानीको कमी नहोस् । तर पानीको कमी भएमा यसले धेरै रोगको सिकार बनाउन सक्छ ।

विशेषगरी गर्मीयाममा अत्याधिक पसिना बाहिरिने हुँदा शरीरमा पानीको अभाव हुनसक्छ । शरीरमा पानी कम हुने बित्तिकै यसले विभिन्न संकेत देखाउँछ ।

के कस्ता संकेत देखा पर्छन् ?

पिसाब गाढा पहेलो रङको र मात्रा कम हुनु

यदि पिसाब गाढा पहेंलो रङको छ र पिसाबको मात्रा कम छ भने यसले शरीरमा पानी कम भएको बुझाउँछ ।

किनकि शरीरमा पानी कम छ भने मिर्गौलाले आफ्नो कार्यलाई कायम राख्न शरीरमा भएको तरल पदार्थ  सकेसम्म आफैं राख्छ । जसकारण रङ अत्याधिक पहेंलो र मात्रा कम हुन्छ । पानीको कमी बाहेक गाढा पिसाब पनि कुनै रोगको लक्षण हुनसक्छ । त्यसैले पिसाबको रङ र त्यसको मात्रामा ध्यान दिनुपर्छ ।

सुक्खा छाला र ओठ फुट्ने समस्या

यदि पहिले भन्दा छाला सुक्खा छ, पसिना आउँदैन र ओठ पनि सुक्खा भएर फुटिरहेको छ भने शरीरलाई आवश्यक पानी नपुगेको बुझ्न सकिन्छ ।

मांसपेशी दुखाइ

यदि हातखुट्टाको मांसपेशी दुख्ने समस्या पटक-पटक भइरहेको छ भने शरीरमा पानीको कमी हुनसक्छ ।  किनकि पानीको कमीले शरीरमा इलेक्ट्रोलाइटलाई असन्तुलन हुनसक्छ । जसले मांसपेशीहरुलाई असर गर्छ ।

टाउको दुखाइ

शरीरमा पानी कम हुँदा टाउको दुख्ने र एकाग्रतामा कमी गराउन सक्छ । पानीको कमी हुँदा मस्तिष्कमा आवश्यक अक्सिजन प्राप्त हुँदैन । जसले मस्तिष्कको कार्य क्षमता प्रभावित हुन्छ ।

कब्जियत

पानीले दिसालाई नरम पारेर पाचनको बाटो हुँदै मलद्वारबाट निकाल्न सहज गराउँछ । तर पानीको अभाव हुँदा आन्द्रामा पचेर अनावश्यक तत्त्व पास हुन गाह्रो हुन्छ र  दिसा कडा बनेर बस्छ । जसलाई कब्जियत भएको बुझिन्छ ।

पिसाबको मात्रा कम हुनु

शरीरमा पानी कम छ भने मिर्गौलाले शरीरमा भएको तरल पदार्थ आफ्नो कार्यलाई कायम राख्न सकेसम्म आफैं राख्छ ।

र्जा कम हुनु

पानीको स्तर कम हुनेबित्तिकै शरीरको तापक्रम सन्तुलन राख्न कठिन हुन्छ । अझ पानी कम खाने र शारीरिक गतिविधि बढी छ भने शरीर कमजोर हुने, शिथिल रहने हुन्छ । कुनै काम गर्नलाई ऊर्जा नहुने हुन्छ ।

सास गन्हाउनु

पानीले मुखमा र्‍याल उत्पादन गर्ने र मुखमा भएको कीटाणु हटाउने काम गर्छ । दाँत र गिजालाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।

पानीको अभावले र्‍याल उत्पादन कम हुन्छ । जसले जिब्रो, दाँत र गिजामा कीटाणुले संक्रमण गर्न सक्छ । जसकारण सास गन्हाउँछ ।

दिनको कति पानी पिउनु आवश्यक ?

सामान्यतया २४ घण्टामा तीनदेखि पाँच लिटर पानी पिउन सुझाइन्छ । यद्यपि, दैनिक कति पानी आवश्यक पर्छ भन्ने जान्न उसले दिनमा कति ऊर्जा खर्चिन्छ भन्नेमा भर पर्छ । त्यसैले एउटै नियम सबैलाई लागू हुँदैन ।

डा. अमित गौली स्वास्थ्य
डा. अमित गौली
लेखक
डा. अमित गौली
कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११३६२ अध्ययन : एमबीबीएस, एमडी हाल काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?