+
+

राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छ : सञ्चारमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १७:२५

१३ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छन् ।

बिहीबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले राजनीति देशको मूल नीति भएपनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति बनेको बताइन् ।

मन्त्री शर्माले राजनीति देशको माउ नीति भएकाले यसलाई नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको जिकिर गरिन् । उनले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताइन् ।

उनले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुनपर्नेमा जोड दिइन् । मन्त्री शर्माले अहिले समाज भ्रष्टीकरणमा गइरहेको बताइन् ।

‘यसलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा हामी सबैले घोत्लिएर सोच्नुपर्ने हो कि । हिजो जसरी समाज परिवर्तनमा तपाईंहरुले हामीलाई हात समाएर डोर्‍याउनुभयो । त्यसैगरी आज पनि आवश्यकता छ’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?