+
+

स्व. यज्ञप्रसाद आचार्य रोटरी जर्नो लाइफ टाइम अचिभमेन्ट अवार्ड स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १७:४०

१३ असार, काठमाडौं । ‘स्व. यज्ञप्रसाद आचार्य रोटरी जर्नो लाइफ टाइम अचिभमेन्ट अवार्ड’ स्थापना गरिएको छ ।

बिहीबार रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको सहकार्यमा ८६ वर्षीया आमा उमादेवी आचार्यको सल्लाहमा सुरेश आचार्यले पिता स्व. यज्ञप्रसाद आचार्यको स्मरणमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

उक्त पुरस्कार जीवनको लामो समय पत्रकारिता, सञ्चारीकरण र साहित्यिक पत्रकारितामार्फत नेपाली समाजको श्रीवृद्धिमा अविस्मरणीय योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिने छ ।

उक्त पुरस्कारको राशि १ लाख १ हजार राखिएको छ भने यही वर्षदेखि प्रत्येक २ वर्षमा वितरण गरिने छ ।

स्वर्गीय आचार्यले विसं २००३ सालमा भाषाशास्त्री गुरू महानन्द सापकोटाको सल्लाहमा धरानबाट छात्रवाणी पत्रिका सम्पादन र सञ्चालन गरी पत्रकारिताको यात्रा सुरु गरेका थिए ।

उक्त पुरस्कारको निम्ति हुने चयन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी रोटरी डिस्ट्रिक्टलाई प्रदान गरिएको छ । पुरस्कारसम्बन्धी सहमति पत्रमा रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजु र सुरेश आचार्यले रोटरी भवन, थापाथलीमा हस्ताक्षर गरेका हुन्।

स्व. आचार्यको २०२० सालमा ‘मुक्तात्मा’ र २०६५ सालमा ‘फ्यूजनको जगमा शिलान्यास’ कथा संग्रह प्रकाशित छ । साथै निर्वाचनोप्रान्त नेपालको परराष्ट्र नीति नामक पुस्तक सन् २०१८ सालमा प्रकाशन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?