+

अन्तर्राष्ट्रिय भेट्रान एथलेटिक्समा बुद्धवीर र धर्मलाई स्वर्ण

२०८१ असार  १३ गते १७:३३ २०८१ असार १३ गते १७:३३
अन्तर्राष्ट्रिय भेट्रान एथलेटिक्समा बुद्धवीर र धर्मलाई स्वर्ण

१३ असार, काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले बंगलादेशमा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । बिहीबार नेपाली खेलाडीले २ स्वर्ण १ रजत र १ कांस्य जितेका छन् ।

बुद्धवीरले बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा स्वर्ण जितेका हुन् । उनले निर्धारित दूरी २२ मिनेट ०३ सेकेन्डमा पूरा गरे ।

यस्तै ५ हजार मिटर दूरीको ५० वर्षमाथि धर्मले १७ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते । धर्मले प्रतिस्पर्धा गरेको स्पर्धामा नेपालकै रेवत दाहाल दोस्रो भए । उनले निर्धारित दूरी १७ मिनेट ५० सेकेन्ड समयमा पूरा गरे ।

यसैगरी ५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रन्जितले कांस्य प्राप्त  गरे । उनले निर्धारित दूरी २० मिनेट १९ सेकेन्डमा तय गरे ।

प्रतियोगितामा नेपालबाट ६ खेलाडी सहभागी छन् । त्यसमध्ये पुष्पलाल श्रेष्ठले ६५ वर्षमाथि १० हजार मिटर दौड तथा लाक्पा शेर्पा लामाले ४० वर्षमाथि १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

उक्त दौड शनिबार हुने टोलीको नेतृत्व समेत गरेका बुद्धवीरले जनाएका छन् । शनिबारै धर्मले १० हजार मिटर दौडमा पनि प्रतिस्पर्धा गर्ने छन् ।

एथ्लेटिक्स खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय