+
+

प्रहरी अस्पतालका २ एसएसपी आज अवकाशमा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १७:४५

१३ असार, काठमाडौं । नेपाल प्रहरीको अस्पतालमा कार्यरत दुई प्राविधिक एसएसपी (डाक्टर)हरु पदावधिका कारण आज बिहीबारबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

एसएसपीको पदावधि ६ वर्षअनुसार प्रहरी अस्तापलका दुई एसएसपीहरु दीपक श्रेष्ठ र सुवास आचार्य अनिवार्य अवकाशमा जान लागेका हुन् । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागका अनुसार आज बिहीबार राति १२ बजेटबा उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।

उनीहरु १२ असार २०७५ मा एसएसपीमा बढुवा भएका थिए । जसकारण आज राति १२ बजे ६ वर्ष पूरा भएकाले एसएसपीको पदावधि अनुसार उनीहरु अवकाशमा जान लागेका हुन् । आज अवकाशमा जान लागेका श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी विशेषज्ञ हुन् ।

उनीहरुले ५० दिनदेखि डीआईजीको दरबन्दी खाली राखेर आफूहरुको बढुवा नगरी अन्याय गरेको आरोप लगाएका थिए । यसबारे प्रहरी प्रधान कार्यालयले भने उनीहरुलाई बढुवा नै गर्न नमिल्ने बताएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनीहरुले बढुवाका लागि गर्नु पर्ने तालिम समेत नगरेकाले बढुवा नगरीको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

‘उहाँहरुले बढुवाका लागि चाहिने सेवाकालिन तालिम नै गर्नु भएन । बाहिर तालिम गरेको कागजात ल्याएर पेश गर्नु भएको थियो । संगठनको स्वीकृत बगेरका त्यसलाई तालिमलाई मान्यता दिने कुरा भएन । संगठनको नीति अनुसारको तालिम उहाँहरुले नगरेकाले बढुवा प्रक्रिया अघि नबढाइएको हो’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

संगठनले दिने तालिम नगरी एसएसपी आचार्य र श्रेष्ठले अन्य संस्थाबाट लिएको तालिमको काजगात पेश गरेको प्रहरी प्रधान कार्यालयको दाबी छ ।

त्यसैगरी सिनियर अफिसरले गर्नुपर्ने एस्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट (एससीएम) तामिलमा पर्दा समेत उनीहरुले नाम काटेको प्रहरी प्रधान कार्यालयको दाबी छ ।  यसअघि उनीहरुले प्रहरी संगठन प्राइभेट कम्पनी जस्तो समेत भएको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?