+
+

‘घरज्वाइँ’ ट्रेलर : जब मिरुनाका बाबुले दयाहाङलाई राख्छन् शर्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १८:११

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक भएको छ । मगर संस्कृतिमा आधारित फिल्मले मन पराएकी युवतीलाई पाउन घरज्वाइँ बस्नुपर्ने बाध्यता र सामाजिक प्रतिष्ठाको चेपुवामा परेको युवकको कथा भन्छ ।

ट्रेलरले मिरुनालाई पाउन दयाहाङले गरेको संघर्ष प्रस्तुत गर्छ । दयाहाङले गाउँको शिक्षकको भूमिका निर्वाह गरेका छन्, जसले मिरुनालाई मन पराउँछन् । तर मिरुनाका बुवाको भूमिकामा देखिएका शिशिर बाङ्देलले घरज्वाइँ बस्नुपर्ने शर्त राख्छन् ।

यही परिस्थिति र संघर्षलाई ट्रेलरले प्रस्तुत गर्छ । फिल्ममा दयाहाङ, मिरुना, शिशिरका साथै बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले मगर, अनु थापा लगायतले अभिनय गरेका छन् ।

पूर्वी रुकुमस्थित तकसेराको मगर गाउँमा खिचिएको यो फिल्मले मगर समुदायको संस्कृतिको कथा भन्छ । फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन् । फिल्ममा सुशन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । निर्माता जनक घर्ती मगर हुन् ।

‘घरज्वाइँ’ यही असार २८ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?