
१३ असार, काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब बराबरको धान र चामल आयात गरेको छ ।
कृषि मन्त्रालयका अनुसार आथिर्क वर्ष २०८०/८१ को जेठ मसान्तसम्म ३० करोड ५३ लाख १० हजार ५२० केजी धान अर्थात ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँको धान आयात गरेको छ ।
यसैगरी सो अवधिमा ८ करोड २७ लाख ६९ हजार ८९ केजी चामल अर्थात् ८ अर्ब ६९ करोड ६ लाख ८५ हजार रुपैयाँको चामल आयात गरेको छ ।
मन्त्रालयका अनुसार ८८ करोड ६५ लाख २१ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ । नेपालले ९ लाख २० हजारको कनिका पनि आयात गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4