+
+

सीमा क्षेत्रबाट १५ सय ४८ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १९:११

१३ असार, विराटनगर । मोरङ प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट १ हजार ५४८ किलो गाँजा बरामद गरेको छ ।

धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको गोठबाट १ हजार ५ सय ४८ किलो गाँजा बरामद गरेको हो । प्रहरीले गोठधनी सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।

गाँजा बरामद भएको स्थान नेपाल भारत सीमा नजिकै रहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । कार्कीकै नेतृत्वमा गएको टोलीले बिहीबार अपराह्न गाँजा बरामद गरेको हो ।

गोठमा लुकाएर राखेको अवस्थामा ४९ वटा बोराभित्र प्याक गरेर राखेको गाँजा फेला परेको उनले बताए । प्रहरीका अनुसार बरामद भएको गाँजा धनकुटाबाट पटकपटक गरी तस्करको समूहले ल्याएको थियो । उक्त गाँजा भारततर्फ निकासी गर्नका लागि सीमा क्षेत्र नजिकै राखेको प्रहरीको भनाइ छ ।

बरामद गाँजाको मूल्य २ करोड ३२ लाख हाराहारी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?