+
+

कर्णाली प्रदेश सरकारको प्रवक्तामा कृषिमन्त्री शाह

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १९:४९

१३ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले पाएका छन् ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले शाहलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । शाह नेकपा एमालेबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गरिरहेका छन् ।

गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका यामलाल कँडेलले झण्डै साढे दुई महिना पछि प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी शाहलाई दिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव रविलाल शर्मालाई कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय गरेको मुख्यमन्त्री कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।

कानुन सचिव ध्रुव घिमिरेले सरुवा भएदेखि कानुन मन्त्रालय सचिवविहीन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?