+
+

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सम्वाद थाल्न तीन दल सहमत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते २०:३६

१३ असार, काठमाडौं । प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने सहमति भएको छ । ‘जहाँ पुगेको छ, त्यहीबाट सम्वाद सुरु गर्ने भन्ने भएको छ’,  एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘छिटो गरौं भन्ने छ ।’

प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन विधेयकका विवादित विषयमा छलफल गरी उपसमितिले अधिकांश विषयमा सहमति जुटाएको छ । समितिले शीर्ष सहमति खोजेको विषयमा पनि प्रमुख दलहरु सहमति नजिक पुगेका थिए । तर त्यही बेला सत्ता गठबन्धन फेरिएपछि यो विषयले प्राथमिकता पाएन ।

गठबन्धन फेरिएको चार महिनापछि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच सम्वाद भयो ।

बैठकले विधेयक अगाडि बढाउने र सहमति जुट्न नसकेका विषयमा सहजीकरण गर्न तीन दलले एकएक जना नेतालाई तोक्ने सहमति भएको छ । ‘एकदुई दिनभित्र दलहरुले नाम दिनुहुन्छ होला’ एक नेता भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?