+
+

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते २१:४४

१३ असार,गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् ।

छल्दीबाट तम्घासतर्फ आउदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गास्थित तम्घास– सिमलटारी पक्की सडक खण्डमा दुर्घटना हुँदा मालिका गाउँपालिका– २ का ६ वर्षका शिव बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

दुर्घटनामा ट्याक्टर चालक धुर्कोट गाउँपालिका–५ बस्तुका २६ वर्षका दीपक गोतामे र रेसुङ्गा नगरपालिका– ९ उपल्लो तम्घासका १९ वर्षका राजकुमार बिक घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?