+

राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

२०८१ असार  १३ गते २२:४७ २०८१ असार १३ गते २२:४७
राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

१३ असार, सुर्खेत । ई स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा  हुने पहिलो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ ।

आयोजकले बिहीबार सुर्खेतको विरेन्द्रनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै  च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको हो । कर्णाली प्रदेश ई स्पोर्ट्स संघ सह–आयोजक रहेको प्रतियोगिताको अन्तिम खेल शुक्रबार र शनिबार सुर्खेतमा सञ्चालन हुदैछ ।

ईशानका सचिव आशिष दाहालले प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका सम्पुर्ण खेलाडी सुर्खेत आईसकेको बताए । पब्जी मोबाईल, मोबाईल लेजेण्ड्स र ई फुटबल समावेश गरिएको राष्ट्रिय च्याम्पियनसिपको छनोटमा पब्जीमा १ सय ३६ टिम, मोबाईल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १ सय ९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

मोबाईल लेजण्ड्स र ई फुटबलको फाइनल शुक्रबार अनलाईनमा हुनेछ भने पब्जी मोबाईलको फाईनल ल्यान ईभेन्ट शुक्रबार र शनिबार सुर्खेतमा हुने सचिव दाहालले बताए ।

कुल पुरस्कार राशी १२ लाख रहेको प्रतियोगितामा पब्जी मोबाईलमा ९ लाख, मोबाईल लेजेण्ड्समा २ लाख र ई फुटबलमा एक लाख रुपैयाँ प्रदान गरिने छ ।

यस वर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारलाई सहयोग पुर्‍याउने उद्धेश्यले पहिलो राष्ट्रिय प्रतियोगिताका लागि सुर्खेतलाई छनोट गरिएको संघका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसीले बताए । उनले राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट दशौं राष्ट्रिय खेलकुदमा ई स्पोर्ट्स प्राथमिकतमा पर्ने विश्वास व्यक्त गरे ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले आधुनिक प्रविधिको खेल प्रतियोगिता कर्णालीमा हुनु सिंगो प्रदेशका लागि खुसीको विषय भएको बताए । उनले कर्णाली प्रदेशमा रहेका ई स्पोर्ट्सका खेलाडीको आकर्षणलाई हेरेर प्रदेशले आयोजनामा सहयोग गरेको बताए ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश ई स्पोर्ट्स संघले सहयोग गरेका छन् ।

ई स्पोर्ट्स ई स्पोर्ट्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय