+

पोर्चुगललाई हराएको जर्जियालाई पूर्व प्रधानमन्त्री इभानिशभिलीले ८.४ मिलियन पाउण्ड दिने

२०८१ असार  १३ गते २३:०५ २०८१ असार १३ गते २३:०५
पोर्चुगललाई हराएको जर्जियालाई पूर्व प्रधानमन्त्री इभानिशभिलीले ८.४ मिलियन पाउण्ड दिने

१३ असार, काठमाडौं । युरो २०२४ मा पोर्चुगलाई हराएपछि जर्जियालाई पूर्व प्रधानमन्त्री बिड्जिना इभानिशभिलीले राष्ट्रिय पुटबल टिमलाई ८.४ मिलियन पाउण्ड दिने घोषणा गरेका छन् ।

बुधबार भएको खेलमा जर्जियाले पोर्चुगलामाथि २-० को सानदार जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो । फ्रान्सका पूर्व डिफेण्डर विली सागनोलको प्रशिक्षणमा पहिलो पटक युरो खेलिरहेको जर्जियाले अब स्पेनको सामना गर्नेछ ।

इभानिशभिलीले पोर्चुगल विरौधको जितलाई ‘ऐतिहासिक र ड्रिम जित’ भएको बताएका छन् ।

जर्जियन ड्रिम पोलिटिकल पार्टीको स्थापना गरेका इभानिशभिली सन् २०१२ मा जर्जियाका प्रधानमन्त्री बनेका थिए ।

६८ वर्षीय बिलिनियर इभानिशभिलीले यदी जर्जियाले अन्तिम १६ मा स्पेनलाई पनि हराएर थप ८.४ मिलियन पाउण्ड (३० मिलयन जर्जियन लारी) आफ्नो टिम र कोचिङ स्टाफलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

जर्जियामा जन्मिएका इभानिशभिलीले रुसमा गएर आफ्नो भाग्य बनाएका थिए । ९० को दशकम उनले बैंङकिङ, कम्प्टरर मेटलमा लगानी गरेका थिए ।

फोर्ब्सका अनुसार उनको सम्पत्ती करिब ८.८६ बिलियन पाउण्ड रहेको छ । इभानिशभिलीको च्यारिटी फाउण्डेसनबाट डोनेसन आउने जर्जियन ड्रिम पार्टीले जनाएको छ ।

जर्जिया बिड्जिना इभानिशभिली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय