+

बाँके जिल्ला ए डिभिजन लिग फुटबलको उपाधि धम्बोझी क्लबलाई

२०८१ असार  १३ गते २३:१६ २०८१ असार १३ गते २३:१६
बाँके जिल्ला ए डिभिजन लिग फुटबलको उपाधि धम्बोझी क्लबलाई

१३ असार, कोहलपुर । धम्बोझी क्लब नेपालगन्जले लगातार दोस्रो पटक बाँके जिल्ला ए डिभिजन लिग फुटबल २०८१ को उपाधि जितेको छ ।

बिहिबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको फाइनल खेलमा धम्बोझीले कोहलपुर रेसिङ सहारा क्लबलाई २–० ले हराउँदैं च्याम्पियन बनेको हो । च्याम्पियन धम्बोझीले अब लुम्बिनी प्रदेश स्तरीय लिग फुटबलमा बाँके जिल्लाको प्रतिनिधित्व गर्नेछ ।

धम्बोझीको जितमा क्षितिज थापा मगरले १२औं र मनिष सुनारले ६५औं मिनेटमा गोल गरेका थिए । फाइनल खेलमा प्लेयर अफ द म्याच धम्बोझीका क्षितिज थापामगर भए । उनलाई महिला उद्यमी संघ नेपाल बाँके सचिव नितु चन्दले ट्रफी प्रदान गरिन् ।

च्याम्पियन बनेको धम्बोझीले नगद १ लाख र उपविजेता कोहलपुर रेसिङ सहारा क्लबका खेलाडीहरुले ५१ हजार रुपैयाँ पुरस्कार, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गरेको छन् ।

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा धम्बोझीका क्षितिज थापामगरले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाए । यसैगरी कोहलपुर रेसिङका सालान परियार उत्कृष्ट गोलकिपर, धम्बोझीका विष्णु कसेरा उत्कृष्ट डिफेण्डर, कोहलपुर रेसिङका विशाल थापामगर उत्कृष्ट मिडफिल्डर, धम्बोझीका प्रेम कुमार सुनार सर्वाधिक गोलकर्ता र धम्बोझीका दिपेन्द्र घले उत्कृष्ट प्रशिक्षक घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई कोहलपुर नगरपालिका नगर प्रमुख पुर्णप्रसाद आचार्य, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम एन्फा सदस्य भोजराज शाही, राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, एन्फा पुर्व उपाध्यक्ष गोर्वधन सिंह सम्झना, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य जनक केसी लगायतले पुरस्कार प्रदान गरे ।

असार १ गतेदेखि सुरु भएको लिगमा बाँके जिल्लामा आवद्ध ९ वटा क्लबले भाग लिएका थिए । समुह एमा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब तथा समुह बीमा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब थिए ।

लिगको समापनको अवसरमा कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्री सम्मानित भएका छन् ।

पश्चिम नेपालको फुटबल विकासमा महत्वपुर्ण योगदान गरेको भन्दै आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले क्षेत्रीलाई सम्मान पत्र प्रदान गरेका थिए । मुख्यमन्त्री कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिताका संस्थापक क्षेत्रीले बाँके जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता कोहलपुरमा आयोजना गर्नमा महत्वपुर्ण योगदान गरेका थिए ।

 

धम्बोझी क्लब बाँके जिल्ला ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय