+
+

इंग्ल्यान्डलाई हराउँदै भारत १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १:४९

१३ असार, काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो ।

१७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अल आउट भयो । इंग्ल्यान्डका ह्यारी ब्रुकले १९ बलमा ३ चौकासहित सर्वाधिक २५ रन बनाए । कप्तान जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाए । जोफ्रा आर्चार १५ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए ।

भारतका स्पिनर अक्षर पटेलले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले २.४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि गयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । भारतको जितमा कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५७ रन बनाए । सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाए । दोस्रो विकेटका लागि सूर्य र रोहितले ५० बलमा ७३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

हार्दिक पान्ड्या १३ बलमा १ चौका र २ छक्कासहित २३, विराट कोहली ९, ऋषभ पन्त ४ र शिबम दुबे शून्यमा आउट भए । तल्लोक्रममा रविन्द्र जडेजाले १७ र अक्षर पटेलले १० रन बनाए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ३ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले १–१ विकेट लिए ।
पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?