+
+

बागमतीको बजेट बहुमतले पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते ५:५१

१४ असार, हेटाैंडा । बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेट बहुमतले पारित गरेकाे छ ।

बागमती प्रदेशसभा बैठकले बिहीवार राति अबेर अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।

सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले १ असारमा आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।

चालुतर्फ २६ अर्ब १० करोड १६ लाख, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएकाे थियाे ।

बजेटमाथि ६ असारबाट प्रदेशसभामा छलफल थालिएकाे थियाे । तर, पहिलाे दिन नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल राप्रपाले बजेट असन्तुलित र त्रुटिपूर्ण रहेकाे भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । सरकार र विपक्षी दलबीच सांसदका याेजनामा रकमान्तर गरेर बजेट थप्ने सहमतिपछि ७ असारमा प्रदेशसभाकाे अवराेध हटेकाे थियाे ।

सांसदहरूले उठाएका सवालमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला मन्त्री थपलियाले बिहीवार जवाफ दिएपछि बजेट पारित गरिएको हो ।

यस्तै, प्रदेशसभा बैठकले खर्च कटौतीको प्रस्ताव अस्वीकृत गरेकाे छ । कांग्रेस सांसद रामकृष्ण चित्रकार, छिरिङ दाेर्जे लामा, प्रभात तामाङ, कृष्णकुमार तामाङ, रमेशकुमार महत, श्रीराम लामिछाने, पुकार महर्जन, नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईं, सृजना सायजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?