+
+

शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन सकेका छैनौं : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १२:२३

१४ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको बताएका छन् । शुक्रबार मदन भण्डारी मेमोरियल कलेजको २३औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले पनि हामीले शिक्षालाई सर्वसुलभ बनाउन सकेका छैनौं । शिक्षा व्यावहारिक हुनसकिरहेको छैन ।’

उनले शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन नसकेको भन्‍दै यसलाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताए । शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

‘शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनउपयोगी बनाउने र अझै शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउन सकिन्छ’  उनले भने, ‘ शिक्षाले समाजलाई परिवर्तन गर्ने दर्शन सिक्ने ठाउँको रुपबाट विकास गर्नुपर्छ । त्यो दर्शन मान्छेको जीवनमा, नेपाली समाजको जीवनमा लागू होस्।’

उनले अहिलेको समयानुसारको पाठ्यक्रमहरु निर्माण गरी दक्ष शिक्षकहरुबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताए ।  उनले शिक्षालाई सर्वसुलभ बनाई, शिक्षा जीवनउपयोगी बनाउने र शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउनका लागि हो भन्ने हिसाबबाट अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने, ‘ शिक्षालाई विभिन्‍न जातजातिहरुको, विभिन्न संस्कार, संस्कृतिहरुको, धनी र गरिबहरुबीचको, सुविधा सम्पन्न शहर र धेरै दुर्गम ठाउँको र नेपालको विशिष्टतामा आधारित देहायका प्राकृतिक स्रोत साधनहरुको सदुपयोग गर्ने सन्दर्भमा, यहाँको पर्यापर्यटनहरुका विभिन्न क्षेत्रहरुको उद्घाटन गर्ने सन्दर्भमा कसरी यसलाई प्रयोग गर्न सकिन्छ ? भन्नेबारेमा पाठ्यक्रमहरु निर्धारण गर्नु जरूरी छ ।’

सभामुख घिमिरेले विचारबाट समाजलाई परिवर्तन गर्ने वैज्ञानिक शिक्षा विद्यार्थीहरुलाई सिकाउन आवश्यक रहेको बताए । उनले अहिलेको शिक्षालाई वैज्ञानिक शिक्षा नीतिमा लैजानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?