+

गण्डकीलाई हराउँदै लुम्बिनी फाइनलमा

२०८१ असार  १४ गते १३:०५ २०८१ असार १४ गते १३:०५
गण्डकीलाई हराउँदै लुम्बिनी फाइनलमा

१४ असार, काठमाडौं । गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै लुम्बिनी प्रदेशको महिला टिम प्रथम सहाना प्रधान यू १९ भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा शुक्रबार गण्डकीलाई २७–२५, २५–१२, र २५–२० ले पराजित गर्र्दै लुम्बिनी फाइनल प्रवेश गरेको हो ।

गण्डकीले भने दोस्रो सेमिफाइनल कोशी र बागमतीको खेलमा हारेको टिमसँग तेस्रो स्थानको लागि खेल्ने छ ।

आज पुरुषतर्फ पनि २ वटा सेमिफाइनल खेल हुनेछ ।

जसमा ३ बजे गण्डकी प्रदेश र सुदूरपश्चिम भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल खेल शनिबार हुनेछ ।

सहाना प्रधान यू १९ भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय