+
+

रथी सिग्देलको उमेर विवादमा प्रभु साहले मागे रक्षामन्त्री र प्रधानसेनापतिसँग जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १३:०२

१४ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपाली सेनाका रथी अशोकराज सिग्देलको उमेर विवादमा रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहले नेपाली सेनाको आगामी नेतृत्वको रूपमा लिइएका रथी सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा रक्षामन्त्री उप्रेती र प्रधानसेनापति शर्माले जवाफ दिनुपर्ने बताएका हुन् ।

नेपाली सेनाको छवि निष्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि रथीको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्‍याएको उनको भनाइ छ ।

रथीमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने उनले बताए ।

सांसद साहले भने, ‘नेपालीले गौरव गर्ने नेपाली सेनाको छवि निष्कलंकित हुनुपर्छ । निर्विवादित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ ।’

दुनियाँले नेपालको गौरव गराउने नेपाली सेनाको छविमाथि आँच पुर्‍याउने जसले जुन ढंगले हर्कत गरेका छन् त्यो सकारात्मक नभएको उनले बताए ।

‘विवादित कुराहरू बाहिर आइराख्दा सम्बन्धित निकायले किन स्पष्ट गर्दैन ? हामी जान्न चाहन्छौं । माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौं’ उनी भन्छन्, ‘यसरी देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाईं चुप लाग्न मिल्दैन ।’

यहींनेर उनी थप्छन्, ‘सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन ? नेपाली सेनाको इमेजमाथि जसरी प्रश्न उठिरहेको छ, नेपालीहरुको इमेजको प्रश्न हो । सेनाहरुको मनोबलको प्रश्न हो । यसरी विषयहरु आइदिने सकारात्मक होइन । जे छ त्यो विषय स्पष्ट आउनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?