+
+

गणित, अंग्रेजी र विज्ञान शिक्षकलाई विशेष व्यवस्था गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १३:०७

१४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, अंग्रेजी र विज्ञान शिक्षकलाई विशेष व्यवस्था गर्न माग गरेका छन् ।

एसईई नतिजाले यी तीन विषयका लागि विशेष व्यवस्था गर्नुपर्ने देखाएको उनको भनाइ छ ।

‘साँच्चै शिक्षा सुधार गर्ने हो भने गणित, अंग्रेजी र विज्ञान शिक्षकलाई विशेष व्यवस्था गर्न म जोडदार माग गर्दछु’ शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले भने ।

नेपालका धेरैजसो स्कुलले गणित र विज्ञान शिक्षक नै पाउन छोडेको र परीक्षामा विद्यार्थीहरु समेत यही तीन विषयमा धेरै फेल भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?