+

धेरै कोल्ड कफी पिउँदा स्वास्थ्यलाई हुन्छ हानि

२०८१ असार  १४ गते १३:३३ २०८१ असार १४ गते १३:३३
धेरै कोल्ड कफी पिउँदा स्वास्थ्यलाई हुन्छ हानि

अहिले अत्याधिक गर्मीको समय छ । शरीर र अनुहार पसिनाले असिनपसिन छ । यस्तोमा दिमागले चिसो पेय खोज्छ । चिसो पेयमा धेरैको रोजाइमा लस्सी र जुस पर्छ ।

आजभोलि धेरैको रोजाइमा कोल्ड कफी पनि पर्ने गरेको छ । कोल्ड कफीका पारखीहरु दिनमा चार-पाँच पटकसम्म यसको सेवन गर्छन् । जसकारण धेरैलाई त यो लत नै जसरी बसेको हुन्छ ।

यस्तोमा प्रश्न आउँछ, के गर्मीमा अत्याधिक चसो कफी पिउनु सुरक्षित हुनसक्छ ?

दैनिकजसो कोल्ड कफी पिउनु र दिनमा पटक-पटक पिउने बानी छ भने स्वास्थ्यको हिसाबले राम्रो मानिंदैन । यसमा अत्याधिक मात्रा क्याफिन र चिनी हुन्छ । जसकारण तातो मौसममा बढी पिउँदा डिहाइड्रेसन, पाचनमा समस्या र सुगर लेभल बढ्न सक्छ ।

-धेरै चिसो कफी पिउनाले पिसाब बढी लाग्छ। जसकारण शरीरमा पानीको कमी भई डिहाइड्रेसनको सिकार हुनसक्छ । किनकि कफीमा अत्याधिक मात्रामा क्याफिन हुन्छ ।

-एक त क्याफिन त्यसमाथि फ्रिजको अत्याधिक चिसोले पाचनसम्बन्धी समस्या ल्याउन सक्छ ।

-यदि कोल्ड कफीमा चिनीको प्रयोग छ भने यसले ब्लड सुगर बढाउन र व्यक्तिको वजनमा पनि असर गर्छ ।

-गर्मीमा यसै पनि तापक्रम बढेर निद्रा कम लाग्छ । यस्तोमा कोल्ड कफी पिउँदा त्यसमा हुने क्याफिनको दिमागलाई उत्तेजित पारेर राख्छ । जसकारण
रातमा  निद्रा लाग्न पनि गाह्रो हुनसक्छ ।

-उच्च रक्तचाप छ भने झन् यो नपिएकै बेस हुन्छ । किनकि धेरै पिउनाले रक्तचापको स्तरलाई पनि असर गर्छ ।

-केही आइस कफीमा उच्च क्यालरी भएको क्रिम, दूध र अन्य फ्लेभर मिसाइएको हुन्छ । जुन अत्याधिक खाँदा तौल बढ्ने र पाचनमा समस्या हुन्छ ।

कोल्ड कफी पिउने सही तरिका

-दिनमा एक वा दुईपटक मात्र पिउने ।

-साँझ भन्दा अगाडि नै पिउने र त्यसमा कम मात्रामा चिनी राख्ने वा नराख्ने ।

-कफी पिउनु भन्दा एक घण्टा पहिले पानी पिउनुपर्छ ।

एजेन्सीको सहयोगमा

कफी कोल्ड कफी डिहाइड्रेसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय