+
+

वर्षाले दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलको छत भत्कियो, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १३:३१

१४ असार, काठमाडौं । भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्दा एक जनाको मृत्यु भएको छ ।

भारी वर्षासँगै छत भत्किएर च्यापिँदा एक जना ट्याक्सी चालकको मृत्यु भएको छ । १० वटा सवारी साधन च्यापिँदा केही घाइते छन् ।

सवारी साधनको भिड जम्मा भएको बेला टर्मिनल भवनको छत खसेको थियो । ठूला–ठूला बिम कारहरुमाथि बज्रिएका थिए ।

स्थलगत अवलोकन गर्न केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु सहितका अधिकारीहरु घटनास्थलमा पुगेका छन् ।

मन्त्री नायडुका अनुसार सन् यो सन् २००९ मै निर्माण भएको थियो । घटनाको सत्यतथ्य जाँच हुने उनले बताए । उनले देशका अन्य विमानस्थलको भौतिक पूर्वाधारको अवस्थाको पनि जाँच गर्ने बताए ।

मन्त्री नायडुले मृतकका परिवारलाई २० लाख र घाइतेलाई ३ लाख रुपैयाँको दरले राहत दिने घोषणासमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?