+
+

अक्टोबर १० मा बक्स अफिसमा भिड्दैछन् रजनीकान्त र सूर्या

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १३:३९

काठमाडौं । आगामी अक्टोबर १० मा दक्षिण भारतीय फिल्मबीच बक्स अफिसमा महाभिडन्त हुँदैछ । यस दिन दुई प्रतीक्षित तमिल फिल्म रिलिज हुँदैछन् ।

७३ वर्षीय सुपरस्टार रजनीकान्त र ४८ वर्षीय सूर्या आमनेसामने हुन लागेका हुन् । रजनीकान्त स्टारर ‘वेट्टैयान’ र सूर्या स्टारर ‘कंगुवा’ ले १० अक्टोबरलाई रिलिज मिति तय गरेका छन् । भारतीय सञ्चारमाध्यामका अनुसार यी दुवै फिल्मको बजेट ४६० करोड भारु छ ।

रजनीकान्तको ‘वेट्टैयान’ को बजेट १६० करोड बताइएको छ भने ‘कंगुवा’ को ३०० करोड छ । ‘वेट्टायन’ मा रजनीकान्तका साथै बलिउड मेगास्टार अमिताभ बच्चन, फाहद फासिल, राणा दग्गुबत्ती र मञ्जु बीको मुख्य भूमिका छ । यो एक्सन फिल्मलाई टीजे गनावेलले निर्देशन गरिरहेका छन् । फिल्मको छायांकन त्रिवेन्द्रम, तिरुनेलवेली, चेन्नई र हैदराबालमा हुँदैछ ।

‘कंगुवा’ लाई शिवाले निर्देशन गरिरहेका छन् । फिल्ममा सूर्याका साथै बबी देओल, दिशा पटानी, जगपति बाबु र योगी बाबुले अभिनय गरेका छन् । फिल्मलाई गोवा, केरला, कोइईकनाल र राजामुन्द्रीमा छायांकन गरिएको छ ।

सूर्याको सन् २०२१ मा ‘जय भीम’ प्रदर्शनमा आएको छ, जुन सुपरहिट सावित भएको थियो । रजनीकान्तको बढ्दो उमेर भएपनि उनको स्टारडममा कुनै कमी आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?