+
+

कडा सुरक्षाबीच प्राध्यापकको लागि अन्तर्वार्ता लिँदै त्रिवि सेवा आयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १३:३४

१४ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले कडा सुरक्षाबीच समाजशास्त्र प्राध्यापक पदका लागि अन्तर्वार्ता लिन सुरु गरेको छ । आयोगले २०७७ सालमा गरेको विज्ञापन विद्यार्थी संगठनहरुको विरोधका कारण स्थगित हुँदै आएको थियो ।

‘अहिले पनि हुन नदिन धेरै प्रयत्न भइरहेको थियो तर हामीले शान्ति सुरक्षाको प्रबन्ध गरेका छौं । शान्ति सुरक्षाको प्रत्याभूतिसहित शिक्षामन्त्री पनि आउनुभो अहिले भइरहेको होला !’ त्रिवि रेक्टर प्रा.डा. खड्ग केसीले भने ।

विगतमा भएका विरोध तथा आन्दोलनलाई हेरेर सुरक्षा व्यवस्था कडा गरिएको उनको भनाइ छ । आयोगले सवा १२ बजेदेखि अन्तर्वार्ता सुरु गरेको सेवा आयोग कार्यालयले जनाएको छ ।

एक प्राध्यापक पदका लागि सुशिलकुमार यादव, युवराज लुइँटेल र टिकाराम गौतम गरी ३ जनाको आवेदन परेको छ । प्राध्यापक पदको अन्तर्वार्ताका क्रममा शिक्षा मन्त्री सुमना श्रेष्ठ वस्तुस्थिति बुझ्न त्रिवि पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?