+
+

सरकारले पहिलोपटक काठमाडौं उपत्यका बाहिर धान दिवस मनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १३:५५

१४ असार, काठमाडौं । कृषि मन्त्रालयले पहिलो पटक राष्ट्रिय धान दिवस काठमाडौं उपत्यका बाहिर मनाउन लागेको छ । मन्त्रालयले शनिबार चितवनको बछौलीमा डेढ बिगाहामा रोपाइँ गरेर २१औं धान दिवस मनाउन लागेको हो ।

०६० सालदेखि नेपालमा बर्सेनि असार १५ गते धान दिवस मनाइँदै आइएको छ । मन्त्रालयले विगत २० वर्षदेखि नियमिम रुपमा धान दिवस मनाउँदै आए पनि काठमाडौंमा मात्रै सीमित थियो ।

मन्त्रालयले चितवनबाट औपचारिक रुपमा सुरु गर्न लागेको २१औं धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीसहित कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरु र किसानहरु सहभागी हुनेछन् ।

‘बछौलीमा करिब ढेड बिगाहा जग्गामा धान रोपाइँ गरिनेछ’, मन्त्री साहले कार्यक्रमबारे भनिन्, ‘वास्तविक किसानसँग नै धान दिवस मनाउँछौं ।’

.८ प्रतिशत रोपाइँ सकियो

हालसम्म नेपालमा कुल रोपाइँ हुने क्षेत्रको ९.८ प्रतिशत  रोपाइँ भएको छ । १२ असारसम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रको १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिएको हो । यो तथ्यांक गतवर्षभन्दा केही बढी हो ।

नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टरमा रोपाइँ हुँदै आएको छ । अघिल्लो वर्ष  १० असार २०८० सम्ममा कुल रोपाइँ क्षेत्रको ८.७५ प्रतिशत रोपाइँ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?