+
+

धुम्रपानको लतबारे नवाजुद्दिन भन्छन्- जब मजा आउन थाल्यो अनि छाडिदिएँ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १४:१४

काठमाडौं । नवाजुद्दिन सिद्दिकी बलिउडका उम्दा र मेहनती कलाकार हुन् । उनी जब स्क्रिनमा आउँछन्, छोटो भूमिकामा पनि आफ्नो दमदार उपस्थिति जनाउँछन् ।

हाल उनी आगामी फिल्म ‘रौतू का राज’ लाई लिएर चर्चामा छन् । फिल्ममा उनले एक अनुसन्धान अधिकृतको भूमिका निर्वाह गरेका छन् । एक पडकास्ट अन्तर्वार्तामा उनले फिल्म र निजी जीवनका विषयमा केही कुरा गरेका छन् । उनले आफूमा एक समय धुम्रपानको नशाको लत रहेको सुनाएका छन् । तर पछि उनले छाडिदिए ।

नवाजुद्दिनले भने, ‘केही वर्षअघि म यस्तो व्यक्तिहरुको बीचमा थिएँ, उनीहरुका साथ स्मोकिङको लत लाग्यो । बडो मजा लाग्थ्यो । म यसको प्रमोट गर्न चाहन्नँ तर बहुत मजा आउँथ्यो । धुम्रपान गर्दैगर्दा संसारकै सबैभन्दा ठूलो एक्टर बनेको महसुस हुन्थ्यो ।’

उनले नशाकै सुरमा आफूले स्तरीय प्रस्तुति दिएको समेत बताए । ‘जो मानिस हुन्थे, उनीहरु मेरा दर्शक हुन्थे । म प्रस्तुति दिन्थें । अन्धायुग नाटकमा एक क्यारेन्टर अश्वस्थामा थियो । म कहिले अश्वस्थामा बन्थें, कहिले कर्ण बन्थें । कहिले कृष्ण बनेर घण्टौं प्रस्तुति दिन्थें । जब नशा उत्रिन्थ्यो पागल भएँ कि भन्ने लाग्थ्यो,’ नवाजुद्दिनले सुनाए ।

उनले नशाको आदत उत्तर प्रदेशबाट दिल्ली आएपछि सुरु भएको बताए । ‘जब मजा आउन थाल्यो, मैले छोड्दिएँ । जुन चीजमा मजा आउन लाग्यो म छोडिदिन्छु । त्यसपछि कलाकार बनेर जिन्दगीको मजा लिनेतिर लागें,’ उनले भने ।

आनन्द सुरापुर निर्देशित फिल्म ‘रौतू का राज’ २८ जुनदेखि ओटीटी प्लाटफर्म जी-फाइभमा स्ट्रिमिङ भइरहेको छ । फिल्ममा नवाजुद्दिनका साथै नारायणी शास्त्री, राजेश कुमार र अतुल तिवारीको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?