+
+

माग्ने निहुँ बनाएर चोरी गर्ने २ भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १४:२५

१४ असार, काठमाडौं। माग्ने निहुँ बनाएर चोरी गर्दै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत हरियाण कर्नाल घर भएका २६ वर्षीय देवु दया र सोही ठाउँकी जेलिना नाम बताउने ४० वर्षीया महिला छिन् ।

उनीहरुलाई प्रहरी वृत्त मालिगाउँले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

काठमाडौंको सेतापुल नजिक डेरा लिएर बस्ने ३५ वर्षीया उर्मिला श्रेष्ठको कोठामा उनीहरुले चोरी गरेको आरोप छ ।

माग्न आएको निहुँ पारेर १३ असारमा श्रेष्ठले कानमा लगाएको सुनको रिङ चोरी गरी उनीहरु फरार भएका थिए ।

चोरी भएको सुनको रिङ समेत उनीहरुबाट प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?