+
+

न्युयोर्कमा गुञ्जिंदै सुशान्त केसी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १६:३०

काठमाडौं । गायक सुशान्त केसी अमेरिकाको न्युयोर्कमा गुञ्जिने भएका छन् । न्युयोर्कको टाइम्स स्क्वायरस्थित प्लाटिनियममा आगामी २० जुलाई अर्थात् साउन ५ मा हुने ‘सुशान्त केसी वर्ल्ड टुर लाइभ कन्सर्ट इन न्युयोर्क’ मा उनले आफ्ना चर्चित गीतमार्फत दर्शक झुमाउनेछन् ।

हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम हुँदै आएको यो भेन्युमा पहिलो पटक नेपाली कलाकारको कन्सर्ट हुन लागेको हो ।

कार्यक्रममा सुशान्तसहित ११ जना ब्यान्ड सदस्यले लाइभ म्युजिक प्रस्तुति दिनेछन् । कार्यक्रमको आयोजना ठमेल एनवाईसीका तर्फबाट लेलिन कँडेल, जिमी गुरुङ र रोशन गौचनले गर्दैछन् ।

नेपाली गीत-संगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै हलिउड र बलिउडका गायक-गायिका झैं नेपाली गायक-गायिकाले पनि सोही स्थानमा र सोही स्तरको कार्यक्रम गर्न सक्छन् भन्ने सन्देश कार्यक्रमले दिने आयोजकमध्येका लेलिन कँडेलले बताए ।

कार्यक्रममा १६ वर्ष भन्दामाथिका दर्शक मात्र सहभागी हुन पाउने जनाइएको छ । न्युयोर्कपछि सुशान्तले अमेरिकाका अन्य ११ स्थानमा समेत प्रस्तुति दिनेछन् ।

विशेषगरी युवापुस्तामाझ लोकप्रिय सुशान्तका ‘सारङ्गी’, ‘नजिक आऊ’, ‘गाजलु’, ‘हावाले’, ‘बेइमानी’, ‘भरिभरि दिन’ ‘भँगेरा’, ‘म तिमीलाई मन पराउँछु’ लगायत गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?