+
+

गुल्मीको सेउघामा वरपिपल रोप्ने अभियान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १६:३४

१४ असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ सेउघामा वरपिपल रोप्ने अभियान सुरु भएको छ ।

सडक निर्माणलगायत कारण वरपिपल मासिंदै गएपछि युवाहरूले रोप्ने अभियान सुरु गरेका हुन् । यतिबेला युवाहरूको सक्रियतामा विभिन्न सार्वजनिक स्थानमा वर र पिपलका बिरुवा रोपिन थालेको छ ।

अहिलेसम्म सेउघामा १० वटा वरपिपल रोपिएको छ । धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले अत्यन्तै महत्व भएकाले वरपिपल रोप्न थालेको स्थानीय झवि पाण्डेले बताए ।

रेसुङ्गा नगरपालिकाले पनि आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा अनुत्पादक रुख हटाइ वरपिपल, स्वामी जस्ता ऐतिहासिक रुख, फलफूल तथा जडीबुटी रोप्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?