+
+

उपचारपछि काठमाडौं फर्किए प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १६:४२

१४ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतको नयाँदिल्लीमा एक महिना लामो उपचार गरेर आज स्वदेश फर्किएका छन् ।

मूत्रप्रणालीमा समस्या देखिएपछि चिकित्सकको सिफारिसमा नयाँदिल्ली गएका सिंहले गुणगाउँस्थित फोर्टिस् अस्पतालमा उपचार गराएका थिए ।

जेठ २१ गते उनको अप्रेसन गरिएको थियो । स्वास्थ्य सुधार भएपछि प्रकाशमान स्वदेश फर्किएको उनकी श्रीमती सिर्जना सिंहले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?