+
+

कक्षा-११ मा छात्रवृत्तिका लागि आवेदन दिन काठमाडौं महानगरको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १७:४९

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिका, शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

शुक्रबार शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको हो ।

सूचना अनुसार चैत २०८० मा सञ्चालित एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुले १५ असारदेखि २९ गतेसम्म महानगरपालिकाको वेबसाइट अथवा इन्ट्रान्स डटकाठमान्डु डट जीओभी डट एनपी मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, कानुन विषयका लागि ४ साउन बिहान ८ बजेदेखि १० बजेसम्म छात्रवृत्ति परीक्षा सञ्चालन हुनेछ ।

संस्थागत विद्यालयले उपलब्ध गराउने १० प्रतिशतलाई शतप्रशित मानेर सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौं महानगरपालिकाभित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि १४ प्रतिशत र ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको सामुदायिक÷संस्थागत विद्यालयमा अध्ययन गरेका हकमा १ प्रतिशत सिट वितरण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?