+
+

केहीले जबजलाई स्वार्थमा प्रयोग गरे : ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १८:०५

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज)लाई केही नेताले स्वार्थअनुकूल प्रयोग गरेको बताएका छन् ।

शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कतिलाई आफ्नो स्वार्थ हुँदा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थपूर्ति नहुँदा केही पनि नहुने गरेको छ ।’ ओलीले जबज ओठेभक्ति नभएको बताए ।

‘जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ । यो स्वार्थ पूरा गर्नका लागि होइन,’ उनले भने ।

‘मदन भण्डारी हाम्रो अत्यन्त निकट मित्र हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो, आफन्त हुनुहुन्थ्यो, चिने जानेको मान्छे हुनुहुन्थ्यो, उहाँको अगुवाइमा भएको हुनाले जबज त कसरी छोड्ने ? भन्नेकुरा होइन,’ ओलीले नेता, कार्यकर्तालाई भने, ‘उहाँको अगुवाइमा नेकपा एमालेले जबज प्रत्युत्पादन गर्‍यो । यसले देशलाई अगाडि बढाउँछ । त्यसकारण यो आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?