+

युरोकपमा छाइरहेका यामल परीक्षामा पनि पास

२०८१ असार  १४ गते १८:०६ २०८१ असार १४ गते १८:०६
युरोकपमा छाइरहेका यामल परीक्षामा पनि पास

१४ असार, काठमाडौं । जर्मनीमा जारी युरोकप २०२४मा चर्चामा आएका खेलाडी हुन् स्पेनका लामिन यामल। उमेरले भर्खरै १६ वर्ष टेकेका उनले मैदानमा जसरी आफ्नो फुटबलको जादु देखाइरहेका छन्, परीक्षा पनि उनी सफल भएका छन् ।

हाल युरो खेल्ने क्रममा जर्मनीमा रहेका उनले अनलाइनबाटै परीक्षामा सहभागी भएका थिए । उक्त परीक्षामा उनी पास भएको काडेना कोपले जनाएको छ ।

काडेना कोपका अनुसार यामल इएसओको चौथो वर्षको परीक्षा दिएका थिए, त्यसमा उनी पास भएका हुन् ।

स्पेनको शिक्षा प्रणालीको तेस्रो स्टेजको रुपमा रहेको इएसओ परीक्षा १२ देखि १६ वर्षसम्मका विद्यार्थीले अनिवार्य दिनुपर्ने हुन्छ ।

आफू पास भएको थाहा पाएपछि यामलले आफ्नी आमालाई पनि सुनाएको पनि काडेना कोपले जनाएको छ ।

‘योङ बार्सिलोना खेलाडीले इएसओ परीक्षा पास गरेका छन् ।’ काडेना कोपले भनेको छ ।

यामलले युरोमा आउँदा गृहकार्य पनि सँगै लगेको र अनलाइन क्लासहरु लिएको बताएका छन् ।

पहिलो पटक युरो खेलिरहेका यामल क्रोएसिया विरुद्धको पहिलो खेलपछि युरो खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।

गत् सिजन १५ वर्षको उमेरमै बार्सिलोनाका लागि डेब्यू गर्दै उनी टिनएजर खेलाडी चर्चामा आएका थिए ।

लगत्तै उनी क्याटलान जायन्ट्सको मुख्य खेलाडीको रुपमा चनिए र २०२३ सेप्टेम्बरमा स्पेनको राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए ।

यामलले जर्जियाविरुद्ध डेब्यूमै गोल गरेका थिए । यस्तै उनी ला लिगा खेल्ने र गोल गर्ने पनि सबैभन्दा कान्छो खेलाडी हुन् ।

उनले १६ वर्ष ३३८ दिनका हुँदा क्रोएसियाविरुद्ध खेल्दै युरो खेल्ने सबैभन्दा युवा खेलाडीको कीर्तिमान पनि बनाए ।

परीक्षा यामल युरोकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय