+
+

प्राधिकरणले नेवानिलाई दियो वाइडबडी पूर्णमर्मत अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १८:२२
फाइल तस्वीर

१४ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङको पहलपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमको वाइडबडी जहाजको पूर्ण मर्मत सी–चेकको अनुमति दिएको छ ।

वाइडबडी जहाज नाइन एनएनवाई जहाज अनुमति विनै सी चेकमा पठाएको भन्दै प्राधिकरणले निगमका कार्यकारी निर्देशकसहितका अधिकारीलाई एकाउन्टेबल म्यानेजरको रूपमा काम गर्न समेत रोक लगाएको थियो ।

जहाज प्राधिकरणको अनुमति विना नै दुबई हुँदै इटाली पठाएपछि प्राधिकरण रुष्ट बनेको थियो ।

मन्त्री तामाङले प्राधिकरणका उच्च अधिकारीसँग छलफल गरी निगमलाई अनुमति दिन पहल थालेको उनको सचिवालयले जनाकारी गराएको छ ।

मन्त्री तामाङले क्यान र नेपाल वायुसेवा निगमका प्रतिनिधिलाई सिंहदरबारमा बोलाएर जहाज मर्मत प्रक्रियाबारे जानकारी लिएका थिए । उनले सी चेक अविलम्ब गर्न समेत निर्देशन दिएका छन् ।

प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार जहाजको सी-चेक गर्न निगमले अनुमति पाएको छ ।

वायुसेवा निगमले २२ जुनमा निगमको एक वाइडबडी जहाज दुबई हुँदै मर्मतका लागि इटाली पठाइएको थियो ।

जहाज एक महिनामा फिर्ता ल्याउने नेवानिले भनेको छ । नेवानिले इटालियन कम्पनी एटीटेक एसपीएलाई मर्मतको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?