+
+

भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १८:२४

१४ असार, काठमाडौं । भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन् ।

परराष्ट्र मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को नियुक्ति समिति (एसीसी)ले स्वीकार गरेसँगै मिश्रीले विदेश सचिवको जिम्मेवारी पाउने भएका हुन् । मिश्रीले जुलाई १५ देखि कार्यभार सम्हाल्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् १९८९ मा भारतको सरकारी सेवामा प्रवेश गरेका मिश्री यसअघि उप–राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा कार्यरत थिए ।

अहिले भारतको विदेश सचिवमा विनयमोहन क्वात्रा छन् । जुलाई १४ मा उनको कार्यकाल सकिंदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?