+

मुख्यमन्त्री कप क्रिकेटको उपाधि सुर्खेतलाई

२०८१ असार  १४ गते १९:३५ २०८१ असार १४ गते १९:३५
मुख्यमन्त्री कप क्रिकेटको उपाधि सुर्खेतलाई

१४ असार, सुर्खेत । मुख्यमन्त्री कप टी–२० क्रिकेटको उपाधि सुर्खेतले जितेको छ । वीरेन्द्रनगरस्थित कालुङचोक क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा रुकुम पश्चिमलाई १४ रनले हराउँदै सुर्खेतले उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुर्खेतले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको रुकुम पश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो । यस प्रतियोगितामा सुर्खेतका रविन्द्रजंग शाही प्लेयर अफ द म्याच बनेका छन् ।

प्रतियोगिताको उपाधिसँगै सुर्खेतले १ लाख १ हजार नगद प्राप्त गरेको छ भने उपविजेता रुकुम पश्चिमले भने ५१ हजार पाएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा प्रदेशका ७ वटा जिल्लाले भाग लिएका थिए ।

कर्णाली प्रदेशमै आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुदको तयारी स्वरूप प्रतियोगिता आयोजना गरिएको आयोजक कर्णाली प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

मुख्यमन्त्री कप टी–२०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय