+
+

आफ्नो जग्गामा स्थानीय तहले संरचना बनाउन थालेपछि प्राधिकरण पुग्यो मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १८:०५

१४ असार, काठमाडौं । देशभरि रहेका जग्गामा स्थानीय तहहरूले आफूखुसी संरचना बनाउन थालेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विभागीय मन्त्रालय गुहारेको छ ।

प्राधिकरणले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ९ वैशाखमा पठाएको पत्रमा आफ्नो स्वामित्वमा रहेका जग्गामा स्थानीय तहले आफूखुसी संरचना बनाउन थालेको उल्लेख छ ।

प्राधिकरणले अधिग्रहण गरेको, नेपाल सरकारबाट स्वामित्व हस्तान्तरण भएको र स्थानीय तहबाट भोगाधिकारी प्राप्त भएको जग्गामा स्थानीय तहबाट सडक, कल्भर्ट, पार्क, मनोरञ्जन स्थल, धार्मिक सम्पदा, जलबिहान गराउने काम भइरहेको प्राधिकरणले जानकारी गराएको छ ।

यसबारे ऊर्जा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएको थियो ।

सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै स्थानीय तहलाई पत्र लेख्दै प्राधिकरणको सम्पत्ति संरक्षण गर्न भनेको छ ।

प्राधिकरणको जग्गामा संरचना बनाउँदा नहर, बाँध, पोखरी, विद्युतगृहमा जोखिम बढेको भन्दै मन्त्रालयले स्थानीय तहलाई सचेत समेत गराएको छ । अब संरचना बनाउन प्राधिकरणको पूर्वस्वीकृति लिन समेत भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?