+
+

प्रियंका कार्की फिल्म ‘माइली’मा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १९:५५

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘माइली’को शीर्ष भूमिकामा प्रियंका कार्की अनुबन्धित भएकी छन् ।

बाबु साहेब बलामीले निर्देशन गर्ने फिल्मका लागि प्रियंका र निर्माताबीच यसैसाता लिखित सम्झौता भएको छ । निर्माताले प्रियंकाको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेका छन् ।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए ।

‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स-साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

असार अन्त्यदेखि छायांकन गरिने फिल्मलाई मकवानपुरको वीरखर्क, कुलेखानी, काठमाडौं र युएईको दुबईमा छायांकन गरिने भएको छ । फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?