+
+

अनमोल स्टारर ‘जेरी अनटप’ भ्यालेन्टाइन्स डेमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते २०:१८

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अनटप’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म भ्यालेन्टाइन्स डेको अवसरमा फागुन २ गते रिलिज हुने जनाइएको छ ।

निर्माता सरोज न्यौपानेले प्रेम दिवसको अवसर पारेर फिल्म रिलिज गर्न लागिएको जानकारी दिए ।

यो फिल्मको शीर्ष भूमिकामा अनमोलसहित जसिता गुरुङ र आँचल शर्मा अनुबन्धित भैसकेका छन् । साउन १ गतेदेखि छायांकन सुरु हुने फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्नेछन् ।

काठमाडौं, लुक्ला र मुस्ताङमा छायांकनको तयारी छ ।

निर्माणमा सरोजले दीपक भण्डारी र रोबिन शेरचनसँग सहकार्य गरेका छन् । ‘फर्की फर्की’पछि अनमोल र जसिताबीचको यो अर्को सहकार्य हो । आँचल र अनमोलले पहिलोपटक सहकार्य गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?