+
+

बटेश्वरमा बगैँचामै आँप मेला, सहभागीलाई निःशुल्क खुवाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते २०:४३

१४ असार, जनकपुरधाम। आँपैआँपको बगैँचाको गाउँ भनेर चिनिएको धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आँप मेला सम्पन्न भएको छ ।

आँपको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले खाने पानी तथा सरसफाई उपभोक्ता समिति चित्रपुरको आयोजनामा बगैँचामै एक दिने आँप मेला आयोजना गरिएको हो ।

चित्रपुरका किसानको मुख्य खेती आँप हो । यो गाउँमा तीन सयभन्दा बढी बिघा क्षेत्रफलमा आँप खेती हुने गरेको छ । बेलाबेला आँप खेतीमा हुने क्षति तथा उत्पादन भएका आँपले उचित भाउ नपाउँदा यहाँका किसानहरू मारमा पर्ने गरेको गुनासो गर्छन् ।

आँप खेतीप्रति सरकारको चाँसो बढाउन तथा उत्पादिन आँपको प्रचार प्रसार भए बगैँचामै ताजा आँप किन्न ग्राहक तान्‍ने उद्देश्यले पहिलो पटक आँप मेला आयोजना गरेको स्थानीय रामउदगार महतोले बताए । स्थानीय सञ्चारकर्मी फुलगेन मगहीको पहलमा आयोजना भएको आँप मेलामा २० भन्दा बढी प्रजातिका आँप प्रदर्शनी राखिएको थियो । साथै आँपबाट बन्ने अचार, अमोट, आमिललगायतको परिकार समेत प्रदर्शन राखिएको थियो ।

प्रदर्शनीमा राखिएको तथा बगैँचामै रहेका ताजा आँप रुखबाटै निःशुल्क टिपेर इच्छा अनुसार सहभागीहरूलाई खुवाइएको थियो । यसका साथै केही अतिथिलाई भने आँप नै कोसोलीको रुपमा उपहार दिएर पठाइएको छ । मेला हेर्न आएका कतिपय सहभागीहरूले रुखबाटै ताजा आँप किनेका थिए ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामअशिष महतोको अध्यक्षता भएको आँप मेलालाई नेपाली काँग्रेसका प्रदेश सांसद संजय महतोको उद्‌घाटन गरेका थिए ।

मेलामा माओवादी केन्द्रकी प्रदेश सांसद सरादा पहाडी, बटेश्वर गाउँपालिका उपाध्यक्ष फुलकुमारी सिंह, वडा नम्बर १ का वडाध्यक्ष अशोक महतोलगायतले आँप मेलाको प्रशंसा गरेका थिए । अगामी वर्षबाट आँप खेतीको तथ्यांक संकलन, आँपबाट बनाइने प्रकारको तालिम तथा आँप मेलालगायतमा जोड दिने वडाध्यक्ष महतोले प्रतिबद्धता गरे ।

आँप मेलामा २ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?