+

खेलकुदमन्त्री श्रेष्ठ कोरिया प्रस्थान

२०८१ असार  १४ गते २०:४८ २०८१ असार १४ गते २०:४८
खेलकुदमन्त्री श्रेष्ठ कोरिया प्रस्थान

१४ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि शुक्रबार कोरिया प्रस्थान गरेका छन् ।

श्रेष्ठ इमिनेन्ट दक्षिण एसियाली डिग्निटरिज र नेपाली राजदूतावासद्वारा आयोजित लगानी समिटमा सहभागी हुनेछन् । लगानी सम्मेलन खेलकुदको भौतिक पूर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा केन्द्रित हुने मन्त्री श्रेष्ठले बताए ।

श्रेष्ठको कोरियन स्पोर्टस् एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि–की हुङ र वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डा. चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ । भेटमा आगामी एसियन गेम्सको लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुने बताइएको छ ।

वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्षसँग शैलुङको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण पश्चात मान्यताको विषयलाई प्रमुख एजेन्डाको रूपमा राखिएको छ ।

यसैगरी कोरियन नेसनल स्पोर्ट्स युनिभर्सिटी भ्रमण र कोरियन एन्टी डोपिङ एजेन्सी काडासँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ ।

विराजभक्त श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय