+
+

‘देवी’ले न्युजिल्याण्डमा जित्यो अवार्ड, दक्षिण कोरियाली फेस्टिभलमा पनि छनोट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते २०:५३

काठमाडौं । पत्रकार सुविना श्रेष्ठ निर्देशित डकुमेन्ट्री ‘देवी’ले न्युजिल्याण्डको डकएज फेस्टिभलमा अवार्ड जितेको छ । फेस्टिभलको ‘एज अ इम्प्याक्ट’ विधामा फिल्म उत्कृष्ट भएको हो ।

न्युजिल्यान्डको वेलिङ्टनमा जुन २३ देखि २७ सम्म आयोजना भएको फेस्टिभलमा ६६ डकुमेन्ट्री प्रतिस्पर्धामा थिए । यो फिल्म यसअघि क्यानडाको डकुमेन्ट्री फिल्म फेस्टिभलमा विश्व प्रिमियर भैसकेको छ ।

न्युजिल्याण्डमा भने फिल्मको एसिया प्रिमियर आयोजना गरिएको हो । ‘अवार्ड जितेकोमा खुशी छु । डकुमेन्ट्री देवी ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट ठहरियो’ श्रेष्ठले भनिन् ।

निर्देशक सुविना श्रेष्ठ ।

उक्त विधामा सत्यनिष्ठा र मेलमिलाप भन्ने थिममा आधारित भएर बनेका फिल्म प्रतिस्पर्धा गरेका थिए । यो डकुमेन्ट्री दक्षिण कोरियाको डिएमजेड फेस्टिभलमा पनि छनोट भएको छ ।

यो फिल्मले यसअघि क्यानडामा उत्कृष्ट डकुमेन्ट्री अवार्डमा छनोट भएर अडिएन्स अवार्ड जितेको छ । ८० मिनेट लामो फिल्मले नेपालको दशक लामो सशष्त्र द्वन्द्वको क्रममा यौन हिंसा भोगेका महिलाको न्यायका लागि माओवादी नेतृ तथा पूर्वसांसद देवी खड्काले गरेको संघर्षको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?