+
+

बागलुङमा पहिरोले घर पुरिंदा श्रीमान्-श्रीमती बेपत्ता

रासस रासस
२०८१ असार १५ गते ८:०३

१५ असार, बलेवा (बागलुङ) । बागलुङको गलकोट नगरपालिका-८ काँडेबासको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती शुक्रबार राति पहिरोमा पुरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।

कालीगण्डकी करिडोर र बागलुङ-कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?