
१५ असार, गुल्मी । गुल्मी पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर-६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए ।
पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
घटनास्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली पुगेका छन् ।
गुल्मीमा शुक्रबार राति अबिरल वर्षा भएको थियो । पहिरोले घर पुरेको शनिबार बिहान मात्रै थाहा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4